Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

अनलाइनमा ५५ करोडको जुवा खेलाएको आरोपमा समातिए सुनिल, एउटै व्यक्तिको ७५ वटा बैंक खाता र १२८ इ–वालेट

अनलाइनमा ५५ करोड बराबरको जुवा तथा सट्टेबाजीको कारोबार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।  पाँचथरको मिक्लाजुङ–७ घर भई ललितपुर बस्ने ३७ वर्षीय सुनिल राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

उनको ७५ वटा बैंक खाता र १२८ वटा इ–सेवा वालेट रहेको प्रहरीले जनाएको छ । विभिन्न व्यक्तिको नाममा बैंक खाता तथा इसेवा वालेट खोलेर समेत उनले अवैध कारोबार गर्दै आएका थिए । 

उनको मोबाइलमा बाइनान्स एप समेत भेटिएको र त्यसमार्फत समेत ६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार देखिएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

उनीबाट ११ वटा नागरिकता, १५ वटा राहदानी र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।