Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

घरको फोहोर सडकमा थुपार्ने एकजनालाई काठमाडौं महानगरपालिकाले तिरायो १० हजार रुपैयाँ जरिवाना

काठमाडौं महानगरपालिकाले घरको फोहोर सडकमा थुपार्ने एकजना व्यक्तिलाई १० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

घरको फोहोर सडकमा फोहोर फ्याँकेपछि काठमाडौं महानगरपालिका–१४ स्थित कुलेश्वर निवासी कुवेर थापालाई महानगरनले १० हजार जरिवाना गराइएको हो। महानगरले सोमबार मात्रै सडकमा पानी हालेर हिलो बनाएको भन्दै वडा नम्बर ४ स्थित मानश्री मार्ग निवासी स्वेता शाहलाई पनि २५ हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

महानगरले सहर सफाइ अभियानलाई तीव्र बनाउँदै जथाभावी फोहोर फ्याँक्ने, मापदण्डविपरीतका संरचना बनाउनेसहितविरुद्ध कारबाही तीव्र पारेको छ। गत शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै प्रमुख सत्तारुढ नेकपा एमालेलाईसमेत एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।

तर उक्त जरिवाना एमालेले तिर्न मानेको छैन । सभा गर्दा भएको फोहोर उठाइरहेका बेला मेयर बालेन्द्र साहले योजनावद्ध एमालेको बदना गर्न उक्त कदम चालेकाले जरिवाना नतिर्ने अडानमा एमाले छ ।