Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत

परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत भएको छ । 

आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । परराष्ट्र मन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्व तयारीका लागि चीन जान लागेकी हुन् ।  


परराष्ट्र स्रोतका अनुसार उनी १३ मंसिरमा चीनतर्फ प्रस्थान गर्नेछिन् । प्रधानमन्त्री ओली आगामी १७ मंसिरमा चीनको औपचारिक भ्रमणमा जाँदैछन् । राणाको जापान भ्रमण यसअघि नै स्थगित भइसकेको छ ।