Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे नेपालका पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार ११० बजेपछि प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे छलफल जारी छ । 


प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीले पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीसँग सिंहदरबारमा छलफल गरिरहेका छन् ।

kp sharma oli priminister of nepal(10).jpg

त्यस्तै पूर्व परराष्ट्रमन्त्रीहरू एनपी साउद, विमला राई पौड्याल, महेन्द्र पाण्डेय, नारायणकाजी श्रेष्ठ, प्रकाशचन्द्र लोहनीलगायतसँग पनि प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । बैठकमा परराष्ट्रमन्त्री आरजू राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायतको उपस्थिति रहेको छ ।

kp sharma oli priminister of nepal (2).jpg