Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

धनुषामा जनता समाजवादी पार्टीको २५ सदस्यीय जिल्ला कार्यसमिति गठन

मधेस प्रदेशको धनुषा जिल्लामा आज जनता समाजवादी पार्टीको २५ सदस्यीय जिल्ला कार्यसमितिको गठन भएको छ ।

WhatsApp Image 2024-11-24 at 18.41.57_6412c474.jpg

उक्त घोषणा कार्यक्रमको प्रमुख अतिथिमा जसपाको केन्द्रीय सदस्य उर्मिला देवी साह थिइन् भने कार्यक्रमको अध्यक्षता भु.पू.माननीय एवं हाल जसपाको मधेश प्रदेश कमिटीको अध्यक्ष अशोक यादव थिए ।

WhatsApp Image 2024-11-24 at 18.41.57_4bc95b0e.jpg

केन्द्रीय सदस्यहरुमा राजकिशोर यादव,रबिन्द्र ठाकुर त्यस्तै जसपाको सर्लाही जिल्ला अध्यक्ष शम्भु प्रसाद यादव उपाध्यक्ष रमन मिश्र जिल्ला सचीव सोहन झा लगायत पार्टीगत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

WhatsApp Image 2024-11-24 at 18.41.56_99de8aba.jpg

उक्त घोषणा सभामा पार्टीका सक्रिय कार्यकर्ता दिनेश यादवको नेतृत्वमा २५ सदस्यीय धनुषा जिल्ला कार्यसमिति तथा विनोद कुमार यादवको नेतृत्वमा २१ सदस्यीय समाजवादी युवा संघ कार्यसमिति गठन गरिएको छ ।

WhatsApp Image 2024-11-24 at 18.41.56_050262e5.jpg