Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको प्रतिनिधि सभा सचिव अधिकारीले दिएको राजीनामा आज स्वीकृत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । अधिकारीले आज बिहान राष्ट्रपतिसमक्ष राजीनामा दिएका थिए ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यू समक्ष संघीय संसदको प्रतिनिधि सभा सचिव श्री सुरेश अधिकारीले संघीय संसदका महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम प्रतिनिधि सभाको सचिव पदबाट मिति २०८१ मंसिर ९ गते दिनुभएको राजिनामा मिति २०८१-८-१० देखि लागु हुनेगरी सम्माननीय राष्ट्रपति ज्यूले स्वीकृत गर्नु भएको छ ।’