Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

स्वास्थ्यमन्त्री पौडेलको अर्को निर्णयः मरेपछि अंगदान गर्नेका परिवारलाई थप एक लाख

मरेपछि अंग दान गर्ने परिवारलाई थप एक लाख रुपैंया सहयोग बढाउने निर्णय भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई २ लाख सहयोग गर्ने निर्णय गरेका हुन्। यसअघि एक लाख मात्र दिने गरिएको थियो।

यो निर्णयले मृगौला पीडितलाई राहात मिल्ने ठानिएको छ। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई १ लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन्। यो मन्त्रालयको आन्तरिक स्रोतबाट थपिने बताइएको छ।

अंग दानमा सघाउने अस्पताललाई यसअघि दिने गरिएको ५० हजार रुपैयाँमा मन्त्रालयले २५ हजार रुपैयाँ थप गरेर ७५ हजार रुपैयाँ पनि बनाएको छ। मन्त्री पौडेल स्वयंलेसमेत यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन्।