Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

फोहोर गरेको राजनीतिक दललाई महानगरको जरिवानाः दोस्रो पटक पत्र पठाउँदा पनि एमालेले बुझ्न मानेन

नेकपा एमालेले काठमाडौं महानगरपालिकाले जरिवाना गराएको पत्र दोस्रो पटक आइतबार पनि बुझ्न अटेर गरेको छ।  महानगरका प्रतिनिधि पत्र बुझाउन एमाले मुख्यालय तुलसीलाल भवन च्यासल पुगेको थियो। 

दरबारमार्गमा शक्ति प्रदर्शनका नाममा नेकपा एमालेले गरेको जनसभाका क्रममा फोहोर पारेको भन्दै काठमाडौं महानगरपालिकाले एक लाख जरिवाना गराएको पत्र नपुगेको यसअघि बताइए पनि दोस्रो पटकको ताकेतामा पनि लिन मानिएन। 

नेकपा एमालेले त्यो पत्र प्राप्त भए पनि जरिवाना नतिर्ने धम्की दिँदै आएको छ। तर यता महानगरले भने पत्र बुझाउन जाँदा एमालेले लिन नमानेको दाबी गरेको छ। काठमाडौं महानगर भन्छ, ‘पत्र पठाइसकेको हो एमाले पार्टी कार्यलयले पत्र बुझ्न मानेन। दोस्रो पटक पनि त्यस्तै भयो।’