Jul 28 2026

Jul 28 2026 | मंगलवार, श्रावण १२ गते २०८३

गढीमाई मेलाको तयारी सुरू

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलाको तयारी सुरू भएको छ । 

मेलामा लाखौं दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । 

बधशाला व्यवस्थापन, मन्दिर रंगरोगन, हेलिप्याड र व्यापारिक स्लट निर्माण, बिजुली बत्ती जडान, शौचालय निर्माण, पार्किङ, खानेपानी, मेला प्रवेशका लागि सबै दिशाबाट बाहिरिने र भित्रिन सडक निर्माण, ट्राफिक व्यवस्थापनलगायतको तयारी सुरू गरिएको हो ।