Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीद्वारा पिताको स्वास्थ्यावस्थाबारे जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।  

महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहेका आफ्ना पिताको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीले जानकारी लिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।


सामाजिक सञ्जालमाफमा भनिएको छ, ‘बुबालाई फोक्सोसम्बन्धी समस्या भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ, अहिले स्वास्थ्य स्थिति सामान्य छ ।’