Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सत्ता र सडकमा केपी शर्मा ओली

एमालेको जागरणसभाको र्‍याली दरबारमार्गमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौंमा हुन लागेको जागरणसभाको र्‍याली दरबारमार्गमा पुगेको छ। कार्यक्रमलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गरिरहेका छन्। 

उपत्यकाका विभिन्न स्थानबाट सुरू भएको र्‍याली दरबारमार्ग पुगेको हो । र्‍यालीका कारण सवारी व्यवस्थापनमा कठिनाइ भइरहेको छ भने यात्रुको समस्या परेको छ।

uml.jpg

यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ दिएका छन् । दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको दोब्बर दान दिने बताए ।

uml cpn.jpg

उनले कम्बोडियामा लगानी गरेको भन्ने आरोपको खण्डन गरे । एमालेले भ्रष्टाचार पनि नगर्ने र गर्न पनि नदिने उनले बताए । दुर्गा प्रसाईंले एमाले अध्यक्ष ओलीले कम्बोडियामा लगानी गरेको भन्दै फर्जी कागजात सार्वजनिक गरेका थिए । त्यसको आरोपमा प्रसाईं प्रहरी नियन्त्रणमा छन् ।  

o.jpg