Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन

स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज बुधबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ । 

त्यसअघि उम्मेदवारलाई नाम फिर्ता लिन निर्वाचन आयोगले समय दिएको छ । आयोगका अनुसार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्।

यसपछि दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ ।  

मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान तय भएको छ । ४४ पदका लागि हुन लागेको निर्वाचनमा ४१० जनाले उम्मेदवारी दिएका छन् ।