Jul 21 2026

Jul 21 2026 | मंगलवार, श्रावण ५ गते २०८३

सुनको मूल्य बढ्दा चाँदी घट्यो, प्रतितोला कति पुग्यो?


नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।

मंगलबार तोलामा १ लाख ६२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ६३ हजारमा कारोवार भैइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य भने ५ रूपैयाँले घटेको छ।

मंगलबार १ हजार ९ सय ५५ रुपैयाँमा कारोवार भएको चाँदी बुधबार ५ रूपैयाँले घटेर  १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।