Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

मन्त्री पाण्डेसँग बजगाईंले माग्दै माफी भने – मन्त्रीजीलाई चोट परेको पाएँ, क्षमाप्रार्थी छु

सांसद राजेन्द्र बजगाईंले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग माफी मागेका छन् ।सामाजिक सञ्जाल एक्समार्फत आफूले दिएको अभिव्यक्तिले सम्बन्धित व्यक्ति र परिवारलाई चोट पुगेको भन्दै क्षमा मागेका हुन् ।

उनले लेखेका छन्,“सामाजिक सञ्जाल एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्तिउपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो । मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ । त्यसकारण उक्त अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु ।”

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले सांसद बजगाईंसँग स्पष्टीकरण लिएको थियो ।केन्द्रीय अनुशासन समिति संयोजक आनन्दप्रसाद ढुंगाना नेतृत्वको समितिले सांसद बजगाईंलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि लगाएको आरोपबारे स्पष्टीकरण सोधेको थियो । सांसद बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा मन्त्री पाण्डेले भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।