Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

साँखु दुर्घटनामा घाइते भएका नगरकोटीको मृत्यु, ठक्कर दिएर भागेका झाँक्री भुजेल पक्राउ

दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् ।   गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएपछि फरार भुजेलले आफै प्रहरी समक्ष उपस्थित भएका हुन् ।

बा १९ च २६९५ का चालक झाँक्री भुजेलले प्रहरी प्रभाव साँखुमा पुगेर आत्मसमपर्ण गरेका हुन् । उनले प्रहरी कार्यालय जानुअघि आफूले गाडी चलाउँदा बचाउन सक्दो कोशिस गरे पनि नसकेको फेसबुक लाइनमार्फत जानकारी दिएका थिए । उनले आफूले अनुसन्धानका लागि सहयोग गर्ने जनाउँदै दुर्घटना गराउने आफ्नो कुनै मनसाय नभएको जनाएका छन् ।

घाइते भएका श्रीमान–श्रीमतीमध्ये श्रीमान नारायण नगरकोटीको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दियो । घाइते सानुमाया नगरकोटीको भने उपचार भइरहेको छ ।

दुर्घटनापछि साँखुमा तनाव सिर्जना भएको छ । स्थानीयले बाटो अवरुद्ध बनाएका छन् । उनीहरुले सडकमा टायर बाल्नुका साथै ढुंगामुढा समेत गरिरहेका छन् । प्रहरीले भुजेल समातिएको भन्दै माइकबाट सूचित गराएको छ ।