Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

यु–१९ महिला टी–२० विश्वकप एशिया छनोट

नेपालले अन्तिम खेल आज यूएईसँग खेल्दै

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटको अन्तिम खेल नेपालले आज बुधबार घरेलु टोली यूएईसँग खेल्दैछ । 

यूएईको सेभेन्स स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरू हुनेछ । यूएईसँगको यसअघिको खेलमा नेपाल १३ रनले पराजित भएको थियो । हिजो भएको खेलमा नेपालले कुवेतलाई १६५ रनले हराएको छ । 

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । यस्तै चौंथो खेलमा नेपालले थाइल्याण्डलाई १०६ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ । १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।