Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

उद्योगमा काटिएको लाइन जोड्ने प्राधिकरण बोर्ड बैठकको निर्णय

नेपाल विद्युत् प्राधिकरणले उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको छ । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले बिजुली जोड्ने निर्णय गरेको हो ।

गत आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो ।

सरकारले उद्योगमा विद्युत् आपूर्ति बन्द हुँदा उत्पादन घटेको, राजस्व संकलनमा असर परेको, रोजगारीमा प्रभाव परेको र यसबाट अर्थतन्त्रमा प्रत्यक्ष असर पारेकाले बिजुली जोड्ने निर्णय गरेको थियो ।