Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सांसदले नै लगाए पर्यटनमन्त्रीमाथि करोडौं घुस लिएको आरोप

नेपाली का‌ग्रेसका सांसद राजेन्द्र बजगाईँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमाथि घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । 

सांसद बजगाईँले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्री  पाण्डेलाई करोडौं रुपैयाँ घुस बुझाएको आरोप लगाएका हुन् । बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरूको स्पोन्सर प्रचार गर्छ। हामी समकक्षी सुभाष म सुशान्तसँगै थियौँ, एक क्यासिनो सञ्चालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे ।’

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ स्थित टाइगर प्यालेस रिसोर्ट परिसरमा सञ्चालन हुनेगरी उक्त क्यासिनोले उक्त रिक्रियसनले साउन १२ गते पर्यटन विभागबाट क्यासिनो सञ्चालनको इजाजत पाएको थियो । 

बजगाईँले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मन्त्री आफू कमिसन खान्छ अरुको स्पोन्सर प्रचार गर्छ । हामी समकक्षी सुभास म सुशान्त सँगै थियौ, एक क्यासिनो संचालकले हामीहरूलाई भैरहवाको क्यासिनो अनुमतिका लागि आफूले करोड करोड रकम दिएको प्रष्ट गरे । दृष्टान्त: मन्त्रीले कांग्रेस नेताको घरमा पैसा पठाउन निर्देश गर्यो उपरोक्त नेताले त्यो पैसा फिर्ता पठायो । मन्त्री भ्रष्ट क्यान कर्मचारी हटाउन चाहन्थे सभापति र वहाँको परिवारले दिएनन् भन्दै हिँड्छ, यो झूठ हो किनभने सभापति गृह परराष्ट्र मन्त्री आफै क्यान छुट्याउने विषयमा आफ़ै प्रधानमन्त्रीलाई ब्रीफ गर्दैगरेको १५ औं सांसद साछी छौं । यो तल पुरानो क्यासिनो कम्पनीको फोटो छ। मन्त्री भैसकेपछि उसको आदेशको नयाँ अनुमति छ। यहाँ सम्मानित अदालतको फैसला पनि छ। भैरहवा विमानस्थलको बारेमा मेरो विचार काटकुट गरेर प्रसारण गरेर आँधीले नहल्लने यो राजेन्द्र बजगाईँ एक पाइला हल्लदैन । मन्त्री पाण्डे र अधिकारीहरूले भैरहवा विमानस्थल कसरी चल्छ पूर्वतयारी भएन भएन भन्ने मेरो विचारलाई भैरहवा विमानस्थल चल्दा राजेन्द्र बजगाईको विरोध भनेर स्पोन्सर प्रचार चलाएका रहेछन् ।’