Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालले कुवेतलाई दिए २१४ रनको लक्ष्य, कप्तान पूजाको शतकीय पारी

आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालकी कप्तान पूजा महतोले कुवेतविरुद्ध शतक बनाएकी छन् । 

मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालबाट आक्रामक रूपमा पूजाले शतक बनाएकी हुन् । उनले ५७ बलमा १०० रन पूरा गरिन् । जारी प्रतियोगितामा कुनै पनि टिमका खेलाडीले बनाएको यो पहिलो शतक हो ।

पूजा नेपाली युवा महिला टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छन् । जारी खेलको पहिलो इनिङमा नेपालले कुवेतविरुद्ध निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रन बनाएको छ । योसँगै कुवेतले जितका निम्ति २१४ रनको लक्ष्य पाएको छ । 

नेपालकी कप्तान पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन् । यस्तै, सोनु पाख्रिनले ३३ बलमा दुई चौकासहित ४३ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान एक विकेट लिए ।