Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

अनुसन्धानका लागि रवि लामिछानेलाई पोखराबाट भैरहवा ल्याइयो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट भैरहवा ल्याइएको छ।

उनलाई बुद्ध एयरको नियमित उडानमार्फत भैरहवा विमानस्थलमा अवतरण गराइएको हो। लामिछानेमाथि बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोप छ।

यसै सन्दर्भमा रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई बयानका लागि बोलाएको छ।

मंगलबार बिहानै भैरहवा ल्याउने तयारी भए पनि प्रतिकूल मौसमका कारण उडान ढिलो भएको थियो।