Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

लुम्बिनी लायन्सको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल (भिडियो)

लुम्बिनी लायन्सले नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाललाई आफ्नो टोलीको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ ।

स्वामित्व फर्चुन हेल्थ केयर प्रालिको स्वामित्वमा रहेको लुम्बिनीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै हमाललाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको जनाएको हो ।

हमालले लुम्बिनीसँग आवद्ध हुन पाउँदा निकै खुशी लागेको उल्लेख गर्दै लुम्बिनीले यस सिजनमा राम्रो प्रदर्शन गर्ने आशा रहेको बताए । उनले भने, ‘नेपाल क्रिकेट एकतावद्ध भएर लागेकोमा खुसि लागेको छ । सबै पदाधिकारीहरुलाई समेत धन्यावाद दिन चाहान्छु ।  सबै टिमहरुलाई सफलताको शुभकामना समेत दिन चाहान्छु । अब हेरौं लायनले कत्तिको रोयर गर्छ ? लायनसँग जोडिन पाउँदा एकदम खुसि छुँ ।’

Sequence 01.01_46_12_18.Still1016.jpg

लुम्बिनीको मार्की खेलाडी राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल हुन् ।  नेपाल क्रिकेट संघ क्यानकद्वारा आयोजित नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म हुनेछ । 

Sequence 01.01_46_18_10.Still1017.jpg