Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

बागलुङमा पिकअप भ्यान दुर्घटनाः पाँच जनाको मृत्यु

बागलुङको जैमिनी नगरपालिका–७ जैदीको व्यार्थला नजिकै  ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको हो ।

मृतकहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा गम्भीर घाइते भएका एक जनाको जीवितै उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि धौलागिरी अस्पताल बागलुङ ल्याइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको थापाले बताए ।