Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओली आज धरान जाँदै, सुरक्षा व्यवस्था कडा पारिंदै

प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार सुनसरीको धरान जाने भएका छन् । 

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३औं दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री ओली धरान आज बिहान धरान जान लागेको उनको सचिवालयले जनाएको छ । 

प्रधानमन्त्री जाने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पारिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ८ वर्षपछि आज दिक्षान्त समारोह गर्दैछ ।  सन् २०१६ मा १२औं दीक्षान्त समारोह गरेको प्रतिष्ठानले आज १३औं दीक्षान्त गर्न लागेको हो । 

समारोहमा प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री ओलीले विभिन्न संकायका ६५७ जना विद्यार्थीहरुलाई दीक्षित गर्ने प्रतिष्ठानले जनाएको छ ।