Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

रवि लामिछानेलाई चौंथो पटक थपियो म्याद, १३ दिन हिरासतमै रहने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ ।

आज आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । कात्तिक २ गते काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेको पहिलो पटक कात्तिक ४ गते ५ दिनको म्याद थप भएको थियो । पुनः दोस्रो पटक ७ दिन म्याद थप गरेको थियो ।

पुनः तेस्रो पटक १० दिनको म्याद थप गरेको थियो । उक्त म्याद पनि सकिएपछि रविलाई अदालतमा उपस्थित गराएको हो । रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ। लामिछानेका कार्यकर्ता तथा समर्थकले आज पनि पोखरामा विरोध प्रदर्शन गरेका थिए ।