Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

चाबहिलमा काठ गोदाममा आगलागी, निभाउने प्रयास जारी

काठमाडौंको चाबहिलस्थित एक घरमा आगलागी भएको छ । 

गोपीकृष्ण हल नजिकै रहेको काठको गोदाम घरमा आगलागी भएपछि अहिले नियन्त्रणको प्रयास भइरहेको छ ।

आगो निभाउन सुरक्षाकर्मीसहित स्थानीय बासिन्दा खटिएका छन् । वरपरका घरहरूमा समेत क्षति भएको छ। घना बस्तीमा आगलागी भएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । 

अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए ।