Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

सहकारी ठगी प्रकरणः डोरपाटनका मेयर नेपालीलाई अदालतमा उपस्थित गराइयो

सहकारी ठगी प्रकरणमा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अदालत उपस्थित गराइएको छ।

बागलुङ र पोखरामा रहेको इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका नेपालीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।उनी पोखराको सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष समेत हुन् ।

सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।