Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

जनगुनासोदेखि प्रशंसासम्मको अभियानमा स्थानीय सरकार

जनताको जनजीविकासँग जोडिएका सवाल हाम्रो सरोकार,उचित सम्बोधन,समुचित विकासको प्रमुख आधार स्थानीय सरकार । यहि सिद्वान्त र मान्यतालाई आत्मसात गरि राम्रो गर्ने सर्लाहीको पर्सा गाउँपालिकाले पछिल्लो समय थुप्रै उदाहरणीय अभियानहरू चलाएर जनताको मन जित्न सफल भएका छन । 

नेपालीहरूको दशै,तिहार तथा छठ जस्तो पर्वहरूको अवसर पारेर, बाँके सग्रामपुर वोडर सडक खण्ड,सहोडवा पर्सा पिपरा सडक खण्ड,नारायणपुर कविलासीरजिंगडवा सडक खण्ड विस्तार तथा कालोपत्रे कार्यको लागि सर्वपक्षीय भेलावाट जनमत वटुल्ने सफल भएको छ । 

WhatsApp Image 2024-11-09 at 08.42.44_f29ae10c.jpg

त्यस्तै आव २०८०/०८१ मा लोकसेवा मार्फत राष्ट्र सेवाका विभिन्न निकायमा नव प्रवेशी यश गापाको ३० जनालाई एउटा कार्यक्रम मार्फत उनिहरूको अभिभावकसहितलाई सम्मान तथा बधाईको कार्यक्रम सम्पन्न गरिएका छन । यति मात्र कहाँ हो र? गएको एईई परिक्षामा यस गापा स्थित संचालित ३ वटा माविबाट राम्रो अंकले उतिर्ण छात्रछात्राहरूलाई प्रोत्साहन स्वरूप उचित सम्मान तथा प्रशंसा पत्र वितरण गरि भावि पुस्तालाई अध्ययनमा आकर्षण गर्ने कार्य गरिएको छ  । 

त्यस्तै शिक्षाको सवालमा केन्द्रीत भई पर्सा ४ जिगंडवामा स्थानीय जनताको माझ जननिर्वाचित प्रतिनिधिहरू लगायत नागरिक समाजका अगुवाहरू समेतको उपस्थितिमा वृहत छलफल तथा शुभकामना अदानप्रदान गरि जनगुनासो सुन्ने कार्य सुसम्पन्न भएका छन । 

यश अभियानमा गापा अध्यक्ष धिरेन्द्र राय यादव लगायत सम्वन्धित वडाका वडाअध्यक्ष सहित अन्य जनप्रतिनिधिहरूको सकृय सहभागीता रहेको थियोे भने प्रतिनिधि सभा सदस्य मा.महेन्द्र राय यादव र जनकल्याण समाज पर्सा ३ नारायणपुरले भरपुर साथ सहयोग दिएको र पर्सा ४ जिगडवा स्थायी निवासी एवम् कोशी प्रदेश अन्तरगत ईटहरी खानेपानी डिभिजन ईन्जिनियर महेस यादवले आफनो स्वर्गीय वुवा रामअशिष महतोको नाउँमा १ लाख भन्दा वढी रकमको अक्षय कोष स्थापना गरि शिक्षा लगायतका समाजिक विषयमा योगदान गर्ने कुरा चौतर्फी प्रंशसाको विषय बनेका छन्।WhatsApp Image 2024-11-09 at 08.42.45_e986c3f8.jpg