Jun 08 2026

Jun 08 2026 | सोमवार, जेठ २५ गते २०८३

मितेरी सहकारी प्रकरणः ज्योति भण्डारी र ज्योति गुरुङविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी

मितेरी सहकारीको अपचलन प्रकरणको अनुसन्धान गर्न प्रहरीले सहकारीका व्यवस्थापक ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले इन्टरपोलमार्फत नोटिस जारी गरी पक्राउको प्रक्रिया अगाडि बढाएको हो । कानुनी रुपमा गुरुङ सत्तारुढ नेपाली कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी हुन् । सहकारी हिनामिना मुछिएपछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।

सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले मितेरी सहकारीको करोडौँ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै धनराज र उनकी पूर्व पत्नीलाई समेत अनुसन्धानको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

मितेरी सहकारीको १४ करोड बढी रकम हिनामिना भएको छ । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा लिएको ऋण तिरहेका तथ्य बाहिर आएको छ ।