Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

‘पाथीभरामा केवलकार’ बनाउन दिने–नदिने पक्षको झडपले ताप्लेजुङमा तनाव

पूर्वको प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयको विवादले  झडप हुँदा ताप्लेजुङमा तनाव भएको छ । केबरकार बनाउन दिने र नदिने पक्षबीच आज शुक्रबार झडप भएको हो ।

दुई पक्षबीच विवाद हुने स्थिति देखिएपछि प्रहरी परिचालन गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले जानकारी दिएका छन् । 

अहिले दुई पक्षको झडपले त्यहाँ तनावको स्थिति रहेको स्थानीयले जनाएका छन् । घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।