Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी) को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । 

सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भए–नभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो । 

टोलीले सीमास्तम्भ एक सय ८२ देखि दुई सय ११ नम्बरसम्म निरीक्षण गरेको उनले बताए ।