Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु, एक घाइते

झापाको गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा मोटरसाइकल दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीलाई उपचारका लागि अस्पताल लगिएकामा त्यसक्रममा निजको मृत्यु भएको उनले बताए ।