प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । ट्रम्प निर्वाचित भएको घोषणा भएपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिंदै कार्यकाल सफलताको शुभकामना दिएका हुन् ।
प्रधानमन्त्री ओलीले ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एक्समा बधाई दिंदै लेखेका छन्, ‘राष्ट्रपतिमा पुनरागमन अमेरिकी इतहासको एक ऐतिहासिक अध्याय हो । हामी तपाईं नेतृत्वमा द्धिपक्ष सम्बन्ध थप प्रगाढ बनाउने र आपसी सहयोगको बढावा दिने विश्वास व्यक्त गर्दछौं ।’
रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्रेट्सकी कमला ह्यारिसलाई पराजित गर्दै बुधबार ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्पलाई राष्ट्रपति रामचन्द्र पौडेलले पनि बुधबार नै बधाई तथा शुभकामना व्यक्त गरिसकेका छन् ।
Congratulations, President-elect @realDonaldTrump on becoming the 47th President of the United States!
— K P Sharma Oli (@kpsharmaoli) November 6, 2024
Your return to office marks a historic chapter in American history.
We look forward to deepening our relations under your leadership, fostering mutual prosperity & cooperation.