Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

नेपालले दियो थाइल्याण्डलाई १०३ रनको लक्ष्य

आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले थाइल्याण्डलाई १०३ रनको लक्ष्य दिएको छ ।

यूएईमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०२ रन बनायो। नेपालकी कप्तान पूजा महतोले सबैभन्दा धेरै ३५ रन बनाइन् । यस्तै सीमना केसी र सोनी पाख्रिनले समान १९ रन बनाए। थाइल्याण्डकी चरुकन सेमाले २ विकेट लिइन् ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपाल, थाइल्याण्ड, यूएई र कुवेत छन् । नेपालले दोस्रो खेलमा भोलि कुवेतसँग, आउँदो शनिवार यूएईसँग, कात्तिक २५ गते थाइल्याण्डसँग, कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेलमा कात्तिक २८ गते यूएईसँग खेल्ने छ । 

प्रतियोगिताको शीर्ष टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।