Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

इजरायलको राजदूत धनप्रसाद नियुक्त

इजरायलका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आज राजदूतमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका उपसचिव एवम् सूचना अधिकारी अर्चना खड्का अधिकारीका अनुसार संविधानको धारा २८२ उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । 

पण्डितलाई सरकारले राजदूतमा गरेको सिफारिस संसदको सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई राजदूत नियुक्त गरेका हुन् ।  

r(8).jpg