Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओली अस्वस्थ, एक्कासी के भयो?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको छ । ओलीलाई सोमबार साँझदेखि ज्वरो आएको हो ।

प्रधानमन्त्रीको सचिवालयले यस अघि जस्तै यसपटक पनि हल्का ज्वरो आएको जानकारी दिएको छ।  ‘यस अघि पनि उहाँलाई हल्का ज्वरो आएको थियो । यसपटक फेरि सोमबार साँझदेखि हल्का ज्वरो आएको हो । उहाँको स्वास्थ्यको अवस्था बुझ्न रगत जाँच गर्न पठाइएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘हिजो सार्वजनिक बिदा भएकोले बाहिर कार्यक्रम थिएन । आज हल्का ज्वरो आए पनि केही भेटघाट भने गर्नुभयो ।’

मंगलबार बिहान ओलीले गृहमन्त्री रमेश लेखक र मुख्य सचिव एकनारायण अर्यालसँग भेट गरेका छन् ।  बालुवाटारमा सामान्य भेटघाट गरेपछि ओली आराम गरेर बसेका उनको सचिवालयले जनाएको छ । 

ओलीले आइतबार बहिनीसँग भाइटीका लगाएका थिए ।