Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

प्रधानमन्त्री ओलीले लगाए शुभसाइतमा टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले भाईटीका लगाएका छन् । बहिनीहरुको हातबाट शुभसाइतमा टीका लगाएको प्रधानमन्त्री केपी शर्मा ओली आफैले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् ।

PM_OFWhatsAppImage2024-11-03at2.40.41PM.jpg

प्रधानमन्त्री ओलीले आज बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट भाइटीका लगाएका हुन् । भाईटीका लगाएको तस्बिर अपलोड गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन् “बहिनीहरूबाट टीका लगाएर र बहिनीहरूलाई टीका लगाइदिएर यसपालीको तिहार समापन भएको छ। सबैलाई शुभकामना!”

PM_WhatsAppImage2024-11-03at2.34.52PM.jpg

यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका हो । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ ।

PM_WhatsAppImage2024-11-03at2.34.40PM.jpg