पश्चिम नवलपरासीमा देउसी खेल्ने समूह बोकेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।शनिबार साँझ साढे ५ बजे नवलपरासीको सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त गाडीमा देउसी खेल्न हिँडेका २५ जना सवार थिए । सडकमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरू सबै सुस्ता गाउँपालिका– २ गुदारियाका हुन् । १६ वर्षीया सृस्ती मुखिया, १९ वर्षीया मन्जु महतो, २१ वर्षीया रेखा महतो,२१ वर्षीय बैजनाथ गुप्ता, १४ वर्षीया लक्ष्मी मुखिया, १६ वर्षीया वर्षा मुखिया, १८ वर्षीया कविता मुखिया, १५ वर्षीया तिल कुमारि मुखिया, २३ वर्षीय विवेक चौधरी र १३ वर्षीय इशान्त मुखिया घाइते छन् ।
गाडी चालकलाई नियन्त्रणमा लिएर घाइतेहरूलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएको प्रहरीले जनाएको छ । नवलपरासीमा देउसी भैलो खेल्न जाँदै गर्दा भएको गाडी दुर्घटनामा १० जना घाइते भएका छन् ।
सुस्ता गाउँपालिका–३ विगेप स्थित भित्रि सडक खण्डमा गुडरियाबाट नर्सहीतर्फ जाँदै गरेको लु ३ च ६०३२ न. को पिकअप गाडी बाटोमा हिँडि रहेको बाख्रालाई जोगाउने क्रममा आफैं अनियन्त्रित भई बाटोको छेउमा पल्टेको प्रहरीले जनाएको छ । सो घटनाबारे जानकारी प्राप्त हुना साथ प्रहरी टोली खटि घाइतेहरुलाईउद्धार गरेर उपचारका लागि सहिद स्मृति सामूदायिक अस्पताल चौपत्ता पठाएको छ । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।
हेर्नुस् घाइतेहरूको विवरण
१) जिल्ला नवलपरासी सुस्ता गापा २ गुदारिया बस्ने वर्ष १६ की सृस्ति मुखियाको बायाँ हात र खुट्टामा चोट, अवस्था मध्यम ।
२) सुस्ता गापा २ गुदारिया बस्ने वर्ष अन्दाजी वर्ष १९ की मन्जु महत्तोको शरीरको विभिन्न भागमा चोट, अवस्था मध्यम ।
३) सोही स्थान बस्ने वर्ष २१ को रेखा महतो दुवै खुट्टामा चोट, अबस्था मध्यम ।
४) वर्ष २१ को बैजनाथ गुप्ता हातमा चोट, अवस्था मध्यम ।
५) जितराम मुखियाको छोरी वर्ष १४ की लक्ष्मी मुखिया सामान्य ।
६) बसन्त मुखियाको छोरी वर्ष १६ की वर्षा मुखियाको दुवै हात खुट्टामा चोट सामान्य ।
७) डिल्ली मुखियाको छोरी वर्ष १८ की कविता मुखिया सामान्य ।
८) राजुकुमार मुखियाको छोरी वर्ष १५ की तिलकुमारी मुखिया सामान्य ।
९) वर्ष २३ को विवेक चौधरीको हात र ढाडमा चोट सामान्य ।
१०) सीता मुखियाको छोरा वर्ष १३ को ईशान्त मुखिया दाहिने हातमा चोट सामान्य ।