Jul 24 2026

Jul 24 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

चार दिनदेखि बालक बेपत्ता

हुम्लामा एक बालक चार दिनदेखि बेपत्ता छन् ।

खार्पुनाथ गाउँपालिका-३ राया गाउँका दुई वर्षीय सरत रोकाया यही कात्तिक १४ गतेदेखि बेपत्ता भएका हुन् । खार्पुनाथ-३ का वडाध्यक्ष च्यांगा बोहराका अनुसार सरत घरबाटै हराएका हुन् ।

आमा बुवा दिउँसो खाजा खान घरभित्र गएको समयमा बालक घरबाहिर खेल्दै गर्दा हराएको उनको भनाइ छ । बालक हराएपछि राया गाउँका बासिन्दा चार दिनदेखि उनको खोजी गरिरहेका छन् ।

बालक हराएपछि परिवारजनले खोजी गर्न स्थानीय प्रहरी चौकीलाई गुहारेका छन् ।