Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

चाडपर्व नमनाउने हो भने नातागोता चिनजान नै हुने थिएनः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले चाडपर्वले समाज र परिवारलाई जोड्ने बताएका छन् । 

आज शुक्रबार पर्वत चन्द्रागिरि समाजद्वारा दीपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै लेखकले  चाडबाड नहुने हो भने नातागोताबीच चिनजानको वातावरण समेत नबन्ने बताए ।

‘चाडपर्व नमनाए परिवारमा दूरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो, चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ’, लेखकले भने । एउटा परिष्कृत समाज निर्माणका चाडपर्व आवश्यक पर्ने उनले बताए । 

चाडपर्वको बेलामा हुने जमघट र भेलाको उपस्थितिले आफैमा ठूलो महत्व राख्ने उनले स्पष्ट पारे । ऋषिमुनीहरूले धेरै ठूलो अध्यापन र अनुभवबाट पर्व बसालेका उनले बताए ।