Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

आफ्नै आँगनमा कलाकारहरुसँग देउसीभैलोमा छमछमी नाचे प्रचण्ड (भिडियोसहित)

पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुन नसक्ने बताएका छन्।

खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खेल्न आइपुगेका कलाकारहरुसँग अध्यक्ष दाहालले शान्ति प्रक्रियामा आएदेखि कला र खेलकुद आफ्नो उच्च प्राथमिकतामा रहेको बताए । 

‘यहाँ देउसीभैलो खेल्न आउनु भएकामा तपाईं सम्पूर्णलाई धन्यवाद, हाम्रो संस्कृतिको जगेर्ना गरिने र ऐतिहासिक परम्परालाई सुदृढ गर्ने जिम्मेवारी हामी सबैको हो । यस्ता गतिविधिले नयाँ पुस्तालाई हाम्रो पर्वको महत्व र सांस्कृतिक पक्षसँग जानकार गराउँछ । यसले हाम्रो राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ’, उनले भने ।

कलाकारहरू मञ्जु पौडेल, राधिका हमाल, आयुषा गौतमलगायत देउसीभैलो खेल्दा अध्यक्ष दाहाल पनि उनीहरुसँगै छमछमी नाचेका थिए।