Jul 26 2026

Jul 26 2026 | आइतवार, श्रावण १० गते २०८३

नेपालमा आफ्नै पैसाले कार्यालय खोलेको पार्टी देखाउन प्रधानमन्त्री ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पैसाले पार्टी कार्यालय खोलेका नेपालका राजनीतिक पार्टी देखाउन चुनौती दिएका छन्।

सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा गरेको देउसी कार्यक्रममा भाटभटेनीका मालिक मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान दिएको विषयलाई चौतर्फी आलोचनाका बीचमा प्रधानमन्त्री ओलीले कुनै राजनीतिक दललाई एकजना व्यक्तिले सहयोग गर्न पनि पाउँछ भने समूहमा पनि सहयोग गर्न पाउने जिकिर गरे।

प्रधानमन्त्री ओलीले भने, ‘जुनसुकै राजनीतिक दललाई जसले पनि मन देखि सहयोग गर्न पाउँछ।'

प्रधानमन्त्री ओलीले नेपालमा निराशाको वातावरण नभएको समेत जिकिर गरे। उनले देश समृद्धिको पथमा हिँडिरहेको उल्लेख गरे।