काठमाडौँ महानगरले साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाली महिला टोलीलाई उपविजेता महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ ।
बुधवार नै महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनिता डङ्गोलले उपविजेता महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेका हुन् ।
"पराजित भएर पनि देशलाई जोड्ने खेलाडीहरूलाई हार्दिक बधाई । नेताले टुक्राएको देशलाई सधैँ यसरी नै जोड्ने काम गरिराख्नुहोला," बालेनले सामाजिक सञ्जालमा लेखेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको थियो ।