साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश १–१ ले बराबरी भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको दोस्रो हाफ जारी रहँदा ५६ औँ मिनेटमा अमिसा कार्कीको गोलमा नेपाल खेलमा फर्किएको छ। त्यसअघि खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले घरेलु टोलीविरुद्ध अग्रता बनाएको थियो।
बंगलादेशले सुरुवाती अग्रता बनाएको दुई मिनेटमै नेपालका लागि प्रिति राईले गोल फर्काइन्।
खेलको ५३ औँ मिनेटमा मोनिका चक्माको गोलमा बंगलादेशले अग्रता बनाएको थियो।