Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

साफ फाइनलमा नेपालविरुद्ध बंगलादेशः पहिलो हाफ गोलरहित बराबरी

साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेलको पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबरी भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । नेपाली टोलीले गोल गर्ने केही अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन ।

पहिलो हाफको अन्ततिर बंगलादेशले नेपाली टोलीमाथि दबाब सिर्जना गरे पनि गोल गर्नबाट भने चुक्यो ।