Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

नेपालकी ‘स्कोरर’ रेखा फाइनल खेल्नबाट बञ्चित, साम्बालाई सरुको साथ

साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश केहिबेरमा भिड्दै छन् । खेल ६ बजेर ३० मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपाली टोलीमा आज एक परिर्वतन भएको छ।

बंगलादेशसँगको खेलमा रातो कार्ड पाएकी  रेखा पौडेल आजको फाइनल खेलबाट बञ्चित भएकी छिन् । उनको स्थानमा सरु लिम्बूले खेल्ने भएकी छन् । रेखा यस जारी साफ च्याम्पियनसीपमा नेपालको तर्फबाट सर्वाधिक गोलकर्ता थिइन् । सेमिफाइनल अगाडि नै उनको खातामा ७ गोल चढिसकेको थियो ।

प्रतियोगितामा सर्वाधिक गोल गर्ने उनी दोस्रो खेलाडी हुन् । पहिलो स्थानमा भुटानकी डेकी ल्हाजोम रहेकी छिन् ।उनको नाममा ८ गोल छ ।अरु बंगलादेशविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन् । 

प्लेइङ ११ः एन्जिला तुम्बापो सुब्बा (गोलरक्षक) पूजा राना, बिमला बिक, अमृता जैसी, रेनुका नगरकोटे, सरु लिम्बू, साबित्रा भण्डारी, गीता राना, प्रीती राई, सविता राना मगर र अमिषा कार्की ।