Jul 22 2026

Jul 22 2026 | बुधवार, श्रावण ६ गते २०८३

भारतलाई पराजित गर्दै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा

सावित्रा भण्डारी ‘साम्बा’ प्लेयर अफ द म्याच

साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।

साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भारतलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ४–० ले हराएको हो । त्यसअघि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

साफ महिला च्याम्पियनसिपमा भारतलाई हराउँदै नेपाल फाइनल पुगेको खेलमा सावित्रा भण्डारी ‘साम्बा’ प्लेयर अफ द म्याच बनेकी छन् । उनले एक घण्टाभन्दा बढी समय अवरुद्ध रहेको खेल सुचारु हुनासाथ गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन् । उनले पेनाल्टी सुटआउटमा पनि गोल गरिन् ।

आइतबार भएको सेमिफाइनलमा पेनाल्टी सुटआउटमा भारतलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयमा खेल १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।

nep.jpg

यस अघि भारतले खेलको ७०औ मिनेटमा गोल गर्दै शुरुवाती अग्रता हासिल गरेको थियो ।खेलको ७०औं मिनेटमा भारतले अग्रता लिएपछि नेपालले तुरुन्त खेल शुरु गरेर गोल फर्काएको थियो । तर रेफ्रीले नेपालको गोललाई भने मान्यता नदिएपछि नेपालले विरोध गरेको थियो ।

लामो विवाद भएपछि खेल एक घण्टाभन्दा बढी समय अवरुद्ध बनेको थियो । अब फाइनलमा नेपालले आगामी बुधबार बंगलादेशसँग खेल्ने छ ।