Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगैसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ ।

Photo (5).jpg

भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरीस्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ ।

Roshan Prajapati .jpg

भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति समुदायका पूरै परिवार यतिखेर तिहारका लागि आवश्यक पाला बनाउनमा लागि परेका छन् । 

Photo (6).jpg

विनोदकुमार प्रजापति आफूले यसवर्ष १५ सयदेखि दुई हजार माटोको दियो बनाउने योजना रहेको बताए । उनले भने, ‘आफूले निरन्तरता दिएर लागेको १० वर्षजति भयो । यो हाम्रो पुख्र्यौली पेसा हो । हाम्रोमा सिजनअनुसार काम चल्छ । तर यो तिहारको समयमा दियोको अलिक धेरै नै माग आउँछ । तिहारमा राम्रोसँग काम गर्न सकियो भने एक हजार पाँच सयदेखि दुई हजार दियोहरु बनाएर बेच्ने योजना छ ।’

Photo (4).jpg

केही वर्ष अगाडिसम्म भक्तपुरमै माटो पाइने भए पनि असहले साँखुबाट महँगोमा माटो ल्याउनुपर्दा प्रजापति समुदायलाई समस्या परेको भन्दै उनले स्थानीय सरकारले माटो ल्याउन सहजीकरण गरिदिनुपर्ने बताए ।

Photo (3).jpg

पुर्खादेखि गर्दै आएको काम छाड्न नसकिएको बताउँदै प्रजापतिले माटोको भाँडाबाट घरखर्च चल्ने गरेको बताए । 

Photo (2).jpg

Photo (1).jpg