रेखा पौडेल र प्रिती राईको ह्याट्रिकमा नेपालले माल्दिभ्सलाई ११–० गोलले हराएको छ ।
महिला साफ च्याम्पियनसिप अन्तर्गत सोमबार दशरथ रंगशालामा भएको खेलमा रेखा एक्लैले पाँच गोल र प्रितीले तीन गोल (ह्याट्रिक) गरिन् ।
यस्तै सविता राना मगर, अमिसा कार्की र अनिता केसीले एक–एक गोल गरे । रेखाले खेलको ३१, ४१, ४७, ६३ र ७८औं मिनेटमा गोल गरिन् भने प्रितीले ५, ६५ र ८७औं मिनेटमा गोल गरिन् ।
त्यस्तै सविताले खेलको २८औं, अनिताले ६८औं र अमिसाले ८८औं मिनेटमा गोल गरे । यससँगै नेपालले ४ अंक जोडेको छ । यसअघि भुटानसँगको खेलमा नेपाल गोलरहित बराबरीमा रोकिएको थियो ।