Jul 23 2026

Jul 23 2026 | बिहिवार, श्रावण ७ गते २०८३

अमेरिकाविरुद्धको अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै नेपालद्धारा सिरिज ‘क्लिन स्वीप’

नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज ‘क्लिन स्वीप’ गरेको छ । एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै क्लिन स्वीप गरेको हो ।

अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले दुई विकेटको क्षतिमा आठ बल बाँकी हुँदा १८.४ ओभरमा १५७ रन बनाउँदै सिरिज ३-० ले जितेको हो ।

464180181_978235364332844_5567801283085309804_n.jpg

अन्तिम खेलमा नेपालका ओपनर आशिफ शेखले अमेरिकाविरुद्ध अर्धशतक बनाए । ३९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन्। कुशल मल्ल र कुशल भुर्तेलको महत्त्वपूर्ण साँझेदारीमा अमेरिकाविरुद्ध नेपालले अन्तिम खेलमा शानदार जित निकालेको हो ।

टस जितेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले ५ विकेट गुमाएर नेपालविरुद्ध अमेरिकाले १५६ रन बनाएको थियो । पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा सुपर ओभरमा जित हात पारेको हो ।

नेपालविरुद्ध आक्रमक ब्याटिङ गरेका अमेरिकाका साइतेजा मुक्कामल्लाले अर्धशतक बनाएका थिए । उनले ५१ बलको सामना गर्दै पाँच चौका र दुई छक्काको मद्दतमा ६८ रन बनाए । अर्का ब्याट्सम्यान मिलिन्द कुमारले नटआउट ४३ रन जोडेका थिए । ३५ बलको सामना गरेका उनले चार चौका हिर्काए ।

464065412_978190661003981_8569976267441594308_n.jpg

अमेरिकालाई सस्तैमा समेट्न नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सोमपालले २७ रन खर्चिएर तीन विकेट हात पारेका हुन् । नेपालका लागि रिजन ढकाल र ललित राजवंशीले एकएक विकेट लिएका थिए ।