Jun 05 2026

Jun 05 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शिवगढीमा विप्लवको कृषि कम्युनमा घनश्याम भूसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ । कपिलवस्तुको शिवगढीस्थित विप्लव निवासमा दुई नेताबीच आइतबार बिहान भेटवार्ता भएको हो ।

Ghanshyam_at_Biplavs-Commune_4-e1728801970323.jpg

नेकपा एसका महासचिव भूसाल विप्लवलाई भेट्न उनकै निवासमा पुगेका थिए । त्यस अवसरमा उनले नेकपाको कृषि कम्युनको पनि अवलोकन गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुका सचिव विनोद सीका अनुसार कृषि कम्युन अवलोकनसँगै समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।

Ghanshyam_at_Biplavs-Commune_2-e1728801948434.jpg

एकीकृत समाजवादीका महासचिव भूसालले नेपाल कम्युनिष्ट पार्टीको कृषि कम्युन घुम्ने चाहना व्यक्त गरेकोले घुमघाम र भेटघाटको व्यवस्था मिलाइएको नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुका सचिव बिनोद सीले जानकारी दिए ।

biplaw-ghanashyam2024-10-13-13-09-12.jpg

‘महासचिव भूसालले लामो समयदेखि हाम्रो कृषि कम्युन र पार्टी कार्यालय घुम्ने चाहना देखाउनुभएको थियो’ उनले भने, ‘उहाँ आफ्नो निर्वाचन क्षेत्र आउनुभएको बेला घुमघामको मेसो मिलाइएको हो, उहाँ अहिले पनि हाम्रो उत्पादन प्रणाली र पार्टी कार्यालय भ्रमणमा हुनुहुन्छ ।’

Biplav_Ghanashyam_meet_3-e1728801559762.jpg